रावन विश्वकर्मा ।
बर्दियामा वडास्तर बाटै राष्ट्रिय परिचय पत्र वितरण कार्यलाई तिब्र पारिएको छ । बैशाख देखी सुरु गरिएको परिचय पत्र वितरण अभियान असोज महिना सम्म सक्ने गरी वडा स्तरबाटै वितरण गर्ने कार्यलाई तिव्र पारिएको हो ।
बर्दियाको ठाकुरबाबा, गेरुवा र बढैयाताल गाँउपालिकामा वितरण कार्य सकिएको छ भने बाँसगढी, बारबर्दिया र राजापुर नगरपालिकामा अभियान चलिरहेको छ भने गुलरिया र मधुवनमा नगरपालिकामा सञ्चालन हुन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ । यता बाँसगढी नगरपालिकाको १, ४ र ८ वडामा सकिएको छ भने हाल २, ३ र ९ नं वडामा अभियान सञ्चालन भईरहेको छ ।
परिचय पत्र बनाउनका लागि नेपाली नागरिकताको प्रमाण पत्र, बाबु आमाको नागरिकताको प्रमाण पत्र, नागरिकतामा जन्म मिति नखुलेको भए खुल्ने प्रमाण पत्र जस्तै शैक्षिक प्रमाण पत्र वा वडाकोे प्रमाणित सक्कल, राहदानी लिएको भए सो को सक्कल, बसाईसरी आएको भए बसाईसराई वा वडाको स्थायी प्रमाणित सक्कल, विवाहित महिला वा पुरुषको हकमा पति पत्नीको नागरिकतामा नाम उल्लेख भए पति पत्नीको सक्कल नागरिकता नभए विवाह दर्ता प्रमाण पत्र साथमा लिएर जानु पर्ने छ ।
नागरिकलाई विभिन्न किसिमका सेवा सुविधा उपलब्ध गराउन सहयोग पु¥याउने बहुउपयोगी कार्डका रुपमा राष्ट्रिय परिचय पत्र प्रयोग हुने जिल्ला प्रशसान कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाण्डेयले बताएका छन ।
परिचय पत्र वितरणका लागि प्रत्येम वडामा कर्मचारी खटिएको र सम्बन्धीत वडाले सहजिकरण गरिरहेको सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए । राष्ट्रिय पंञ्चिकरण विभागबाट प्रत्येक वडामा जनसंख्याको आधारमा कम्तीमा २ जना कम्पुटर अपरेटर खटिएका छन उनले भने– एक जनाले दैनिक ४० जना भन्दा बढीको विवरण राष्ट्रिय तथ्यांक विभागमा समाविष्ट गर्छन ।
वडा स्तरबाटै राष्ट्रिय परिचय पत्र वितरण गरिदा नागरिकहरुले राहतको महशुस गरेका छन । परिचय पत्र बनाउन कै लागि जिल्ला प्रशासन कार्यालयमा गई लामो लाईनको प्रतिक्षा गर्नु पर्ने बाध्यता समेत हटेको छ । राष्ट्रिय परिचय पत्रलाई नागरिकहरुको वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्रको रुपमा लिईएको छ ।
नेपालमा बस्ने सबै व्यक्तिका वैयक्तिक विवरण राष्ट्रिय तथ्यांक भण्डारमा समाविष्ट गर्ने र जनतालाई प्रवाह गर्ने सेवा सुविधालाई एकीकृत प्रणाली मार्फत एउटै परिचयपत्रबाट प्राप्त हुने प्रावधान सहित राष्ट्रिय परिचय पत्र वितरण सम्बन्धी कार्यविधि २०७५ बमोजिम परिचय पत्र वितरण कार्य देश भरी सञ्चालन भईरहेको अवस्था छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्