वडाध्यक्षले चलाएको कारको ठक्करबाट एक जनाको मृत्यु




दमकमा वडाध्यक्षले चलाएको कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

शनिबार राती करिब ९ बजे दमक बेलबारी–११ का वडाध्यक्ष विक्रम राईले चलाएको बा ९ च ९६७३ नम्बर कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको जिल्ला प्रहरी झापाले जनाएको छ।

दमकको चियाबगानस्थित पूर्व–पश्चिम लोकमार्गमा कारले ठक्कर दिँदा घाईते भएका पैदलयात्रीको लाइफलाइन अस्पतालमा मृत्यु भएको हो। भने शवको पहिचान खुल्न सकेको छैन।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ भदौ ५ गते आइतबार