रत्नराजमार्गमा पर्ने दायाँ-बाँयाका रुखहरु कटान गर्ने निर्णय

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका २ वडामा पर्ने रत्नराजमार्गमा पर्ने दायाँ-बाँयाका रुखहरु कटान गर्ने निर्णय भएको छ ।

भदौ २ गते विहिबार डिभिजन वन कार्यालय बाँकेका डिभिजन वन अधिृकत अजित कुमार कर्णको संयोजकत्वमा बसकेको बैंठकले कोहलपुर नगरपालिका-२ वडामा पर्ने रत्नराजमार्गमा पर्ने दायाँ-बाँयाका रुखहरु कटान गर्ने निर्णय गरेको हो ।

रत्नराजमार्गमा पर्ने १९ वटा रुखहरु तत्काल नहटाए जनधनको क्षती हुनसक्ने भन्दै तत्काल हटाउने निर्णय गरेकाे कोहलपुर नगरपालिका का.व. नगर प्रमुख विरेन्द्र शाहले बताए ।

कोहलपुर चिसापानी सडक खण्डमा पर्ने कोहलपुर वडा नम्बर २ रत्नराजमार्गको चेनज २२+५०० देखि २५+०० भित्र सडकको दायाँ-बाँया पर्ने सिसमका सुकेका १९ वटा रुखहरु कटान गर्ने भनी निर्णय भएको का.व. नगर प्रमुख शाहले बताए ।

यस्तै डिभिजन वन अधिकृत अजित कुमार कर्णले सरकारी रुखहरु हटाउने सम्बन्धी संघिय वन नियमावली, २०७९ को नियम ३६(१) अनुसारको समिति बैंठक बसी रुखहरु कटान आदेश गरिएको बताए ।

सो बैंठकमा जिल्ला प्रशासन बाँकेका प्रमुख प्रशासकिय अधिकृत दत्तराज हमाल, मालपोत कार्यालयका बाँकेका अधिकृत मनचन्द्र धराला, नापी कार्यालयका बाँकेका नि.प्रमुख कृष्ण प्रसाद ढकाल, जिल्ला समन्वय समिति बाँकेका नि. जिल्ला समन्वय अधिकारी रेखा श्रेष्ठ, कोहलपुर नगरपालिकाका का.व. नगर प्रमुख विरेन्द्र कुमार शाह, कोहलपुर नगरपालिका २ का वडा अध्यक्ष हरी कठायत, सडक डिभिजन नेपालगञ्जबाट टोपेन्द्र खड्का रहेका थिए ।

यस्तो छ निर्णय हेर्नुहोस् ।