काेहलपुर ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा अध्यनरत एक छात्र बिहीबार बिहान छात्रबासमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।
मेडिकल कलेजमा एमबीबीएस दोस्रो वर्षमा अध्यनरत रहेका सिद्धार्थ बैश्य झुण्डिएको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर परिसरमा नै रहेको छात्रबासमा बैश्य झुण्डिएको अवस्थामा बिहीबार बिहान ८ बजे फेला परेको र यसबारे थप अनुसन्धान अगाडि बढाइएको कोहलपुरका डीएसपी ऐनबहादुर मल्लले जानकारी दिए ।
नेपालगञ्ज रानितलाउ स्थायी बासिन्दा रहेका मृतक बैश्यले कोठाबाट प्रहरीले सुसाईड नोट समेत भेटेको जनाएको छ । मृतकको शव पोष्टमार्टमको लागि भेरी अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्