राप्तीसोनारीबाट हतियार र मोटरसाइकलसहित शिकारी पक्राउ

Photo : Sadarline

कोहलपुर  ।

प्रहरीको विशेष अप्रेशन अभियानले राप्ती सोनारी ४ सिक सामुदायिक बनबाट हात हतियार सहित सिकारी पक्राउ परेका छन् ।

विशेष सुचनाको आधारमा बुधबार मध्यराती सिक सामुदायिक बनको चुरे क्षेत्र बाट इलाका प्रहरी कार्यालय धामपुरको टोलीले १ थान लोडेट हतियार, जाल, ७ वटा मोटरसाइकल सहित राप्ती सोनारी ५ निवासी गया प्रसाद थारुलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी धामपुरका इन्चार्ज प्रहरी नायव निरिक्षक प्रविण डाँगीले चोरी सिकारी हुँदै गरेको विशेष सुचनाको आधारमा अप्रेसन गरेपछि हात हतियार सहित पक्राउ गर्न सफल भएको जनाकारी दिए ।

प्रहरीको अप्रेसनबाट भागेका सिकारीहरुको पनि खोजी कार्य भइरहेको समेत सई डाँगीले जनाए ।

प्रहरीले भे १० प ९८९३, भे ६ प ७५०३, भे ७ प ६०४५, भे ४ प २२७२, भे ७ प ११०८, बा २६ प ९०१६ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिएको हो ।

उनका अनुसार पक्राउ गरिएको हात हतियार, मोटरसाइकल इलाका प्रहरी कार्यालय कोहलपुरमा बिहीबार बिहान बुझाइएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरिक्षक ऐन बहादुर मल्लले अनुसन्धान जारी रहेको र हात हतियार खरखजना सम्वन्धी मुद्दा चलाइने जानकारी दिए ।

डिएसपी मल्ले यस सम्वन्धी मुद्दामा ७ बर्ष कैद र ७० हजार सम्म जरिवाना हुने कानुनी ब्यवस्था रहेको उल्लेख गरे ।