दार्चुलामा जीप दुर्घटना : ५ जनाको मृत्यु, ६ जना घाइते

Photo : Onlinekhabar

दार्चुलामा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।

शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरबाट सदरमुकाम खलङ्गा आउँदै गरेको जीप बुधबार शैल्यशिखर–६ उलानीमा दुर्घटना भएको हो ।

से१ज ५५१ नम्बरको जीप दुर्घटना हुँदा जिपमा सवार पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

घाइतेलाई थप उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगत मगरले बताए ।