कोहलपुरमा निःशुल्क दमकल १०१ सेवा सुरु




कोहलपुर ।
कोहलपुरमा कहि कतै आगलागी भएको छ १०१ मा फोन गर्नुहोस् । तत्काल घटनास्थलमा तुरुन्तै आउँछ । भनिन्छ, विपद बाजा बजाएर आउँदैन । विपदपछि समयमा प्रतिकार्य गर्नसके जनधनको क्षति न्यूनीकरण गर्न सकिन्छ ।

जसका लागि कोहलपुरमा आवश्यक औजार–उपकरणसहितको निःशुल्क इमर्जेन्सी दमकल नम्बर १०१ सुरु गरेको छ । दमकल सेवा बाँकेमा पहिलो पटक कोहलपुरमा सुरु गरिएको हाे ।

विकसित मुलुकमा अग्नि नियन्त्रण गर्ने कार्यालयलाई उच्च प्राथमिकताका साथ आवश्यक स्रोतसाधन र जनशक्तिले सुसज्जित गरिएको हुन्छ ।
हाम्रोमा भने दमकल सेवा सरकारी प्राथमिकतामा परेको यसको विकासक्रमले पुष्टि गर्छ ।

कोहलपुर नगरपालिकामा आगलागी भयो भने कहाँ फोन गर्ने, कसलार्ई फोन गर्ने जस्ता गुनासा आएकोले इमर्जेन्सी नम्बर १०१ सुरु गरेको कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले बताए ।

यस्तै कोहलपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले विभिन्न किसिमका फोनहरु आउने गरेको र आगलागी वा इमेर्जेन्सी कल मात्र गर्ने आग्रह गरेको बताए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ भदौ १ गते बुधबार