‘सरकारी जमिनमा बसिरहेका वास्तविक सुुकुम्बासीलाई व्यवस्थापन हुन्छ’ : आचार्य




कोहलपुर ।

कोहलपुरमा सरकारी जमिनमा अतिक्रमण गरेर बसेका व्यक्तिहरुलाई हटाउन मन्त्रालयहरुसंग परामर्श गर्न नगरपालिकाले सुरु गरेको छ ।

साउन २२ गते आइतबार नापी र मालपोत ल्याउने, पुरानो बसपार्क व्यवस्थापन गर्ने, सडकको अतिक्रमण हटाउने, नगर विकासको जग्गा अतक्रमण, हुलाक र सव डिविजन वन कार्यालयलाई अन्यत्र स्थान्तरण गर्ने लगायत विविध विषयमा छलफल भएको थियो ।

कोहलपुर नगरपालिका र कोहलपुर नगर विकास क्षेत्रमा सरकारी जमिन अतिक्रमण गरेर बसोवास गरेका पहिलो चरणमा २ स्थानमा हटाउन छलफल भैरहेको नगर प्रमुख पूर्ण आचार्यले बताए ।

आचार्यका अनुसार विभिन्न जिल्लामा जग्गा जमिन भएका, सरकारी जागिर भएकाहरु कोहलपुरमा सुकम्वासी हुन नपाउँदैनन् । ‘सरकारी जागिर खाने अनि सरकारी जमिन अतिक्रमण गरेर बस्ने पाइदैन’, उनले भने, ‘सबैको बायोडाटा तयार गरिरहेको हुँदा को कहाँबाट आएको ?, उसको परिवारको अवस्था कस्तो हो ? भनेर सबै बुझन लागिरहेको छु ।’

यस्तै वास्तविक सुकम्बासी भए इतिहासमै सक्तिशाली भूमी आयोग बनेको र काम कार्वाही अगाडि बढाएको अवस्थामा भूमीहिनहरुको उचित व्यस्थापन हुने नगर प्रमुख आचार्यले बताए ।

कोहलपुरको समग्र विकासको लागी कोहलपुरमा रहेका राजनीतिक दलहरु नागरिक समाज, सचेत नागरिहरु समेतको भूमिका रहने भएकाले सबैलाई यस विषयमा सल्लाह सुझाव दिन समेत आचार्यले आग्रह समेत गरेका छन् ।

नगरपालिकाको सार्वजनिक सुनाई कार्यक्रममा समेत भूमिहिनको विषयमा जनताहरुले आफ्ना प्रतिक्रिया दिएका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ भदौ १ गते बुधबार