सल्यानमा दाइले एसिड प्रहार गर्दा भाइ र बुहारी गम्भीर घाइते




सुदाम शर्मा ।

सल्यानमा दाइले एसिड प्रहार गर्दा भाइ र बुहारी गम्भीर घाइते भएका छन। जिल्लाको दार्मा गाउपालिका वडा नम्बर ३ चम्पुटाकुरा दाइले प्रहार गर्दा भाइ र बुहारी गम्भीर घाइते भनाएका छन् ।

सोमबार साझ ६ बजे कामको सिलसिलामा दार्मा गाउपालिका बाट घर फर्केको र घर पुगेको केही समय भित्रै दाइ बेचे रावतले भाइ भिम बहादुर र बुहारी लाई एसिडप्रहार गर्दा घाइते भनाएका हुन ।

साथै अर्का १ भिम बहादुर रावत पनि एसिड आक्रमणमा घाइते भएका हुन । घरको आर्थिक लेनदेनको कारण दाइले भाइलाइ एसिड प्रहार गरेको भन्ने प्रारम्भिक अनुमान गरिएको छ ।

एसिस छर्कने बेचे रावत प्रहरीको नियन्त्रणमा रहेको र अहिले इलाका प्रहरी कार्यालय थारमारेमा रहेको जनाइएको छ ।

घाइते तिनै जनाकाे नेपालगंज नर्सिङ होममा उपचारपछि थप उपचारको लागि काठमाडाैंकाे किर्तिपुर सामुदायिक अस्पताल लगिएकाे छ । अहिले घाइते तीनै जनाकाे अवस्था खतरामुक्त रहेको छ ।

खाेटाे संकलन गर्ने एभरेष्ट लिसा कम्पनीले घरमा राख्न दिएकाे एसिडलाइ ल्याएर छ्यापेकाे प्रहरीले जनाएकाे छ । घटनास्थलमा प्रहरी पुगि आराेपीत बेचे रावतलाइ पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ ।

उनलाई कुटपिट तथा अंगभंग (तेजाब प्रहार) मुद्दामा ७ दिनकाे म्याद थप गरि थप अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएकाे छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ भदौ १ गते बुधबार