काेहलपुर ।
बाँकेमा दुर्घटना न्यूनिकरण गर्न नयाँ प्रविधि सहित ट्राफिक राडर ल्याउन लागेकाे छ । तीव्र गतिका कारण दुर्घटना बढ्ने हुँदा दुर्घटना न्यूनिकरण गर्न बाँकेका सडकहरुमा नयाँ प्रविधि सहित ट्राफिक राडर ल्याउन लागेकाे हाे ।
अत्यधिक गतिमा सवारी चलाउँदा हुन सक्ने दुर्घटना नियन्त्रण गर्न राडर गन (स्पीड जाँच गर्ने लेजर गन मेसिन) प्रयोगका लागि सबै बजेट आइसकेको हुँदा अब चाँडै खरिद गरिने जिल्ला ट्राफिक प्रहरी बाँके प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले बताए ।
तीव्र गतिका कारण अधिकतम सडक दुर्घटना हुने गरेको तथ्याङक देखिएकाले उक्त दुर्घटनामध्ये अधिकांश नेपालगञ्ज–कोहलपुर सडक खण्ड र पुर्व–पश्चिम् राजमार्गमा दुर्घटना हुने हुँदा दुर्घटना न्यूनिकरण गर्न चेकजाँचमा नयाँ प्रविधि प्रयोग गर्न राडर गन ल्याउन लागिएको ट्राफिक प्रमुख शाहले बताए ।
जिल्लाका महत्त्वपूर्ण राजमार्गहरुमा तीव्र गतिले सवारी दुर्घटना बढदै गइरहेकोमा त्यस प्रकारका सवारी दुर्घटना न्यूनिकरण गर्न यो अभियान शुरु गर्ने अभियान साथ अघि बढेको शाहले बताए ।
उक्त राडर गनले १०० मिटर भन्दा टाढाका सवारीसाधनको स्पीडको दुरी सहजै मापन गर्ने र उक्त सवारीसाधनका तस्बिर समेत खिच्ने हुँदा राजमार्गमा गुडेका ६० किलोमिटर प्रति घण्टाभन्दा बढी हाँक्ने सवारीसाधनलाई नियन्त्रणमा लिन सहज हुने ट्राफिक प्रहरी शाहले जानकारी दिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्