रुकुम पश्चिममा स्काईभेटर दुर्घटना हुँदा चालकको मृत्यु




सुदाम शर्मा

रुकुम पश्चिममा स्काईभेटर (डोजर) दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सोमबार बेलुका नगरपालिका २ गाउँबारीमा डोजर दुर्घटना हुँदा रसुवा घर भई कास्की पोखरा बस्दै आउनुभएका ६० बर्षिय मानबहादुर प्याकुरेलको(राम केसी) मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक राजिव श्रेष्ठका अनुसार पातुखोला – राउखेत सडकखण्ड मर्मतको क्रममा सोमबार डोजर दुर्घटना भएको हो ।

दुर्घटनामा घाईते भएका चालक प्याकुरेललाई उपचारको लागि जिल्ला अस्पताल सल्ले पुर्याएको बेला डाक्टरले मृत घोषणा गरेको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो ।

डोजर सडकबाट करिब २०० मिटर तल खसेको बताईएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ साउन ३१ गते मंगलबार