काेहलपुरकाे खड्कवारमा ५ जना विद्यार्थी बेहोस

प्रअ भन्छन् : तत्काल नै विद्यालय बन्द गरिहाल्नुपर्ने अवस्था भने हाेइन ।

कोहलपुर ।

कोहलपुर नगरपालिका वडा नं. १३ खडकबारमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका ५ जना विद्यार्थीहरू बेहाेस भएका छन् ।

खडकबारमा कक्षा ५, ६ र ९ मा अध्ययनरत विद्यार्थीहरु एकाएक बेहोस भएका थिए । बेहाेस भएकाे केही बेरमा विद्यालयका प्रधानाध्यापक पृथ्वीनाथ धितालले ५ जना विद्यार्थीहरू बेहाेस भएकाे बताए ।

९ कक्षामा पढ्ने १ जना ५ र ६ कक्षामा अध्ययरत ४ जना छात्रालाइ समस्या देखिएकाे थियाे ।

 काेहलपुर नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख अनिल सेनकाे टाेलि केही मिनेटमा पुगेकाे थियाे ।

अभिभावकलाइ समेत बोलाइएकाे थियाे । उपचारपछि अन्दाजी आधा घण्टामा निकाे भैसकेको र तत्काल विद्यालय बन्द गर्ने अवस्थामा नआएको विद्यालयका प्रधानाध्यापक धितालले बताए ।