३ मंसिरमा १८ वर्ष पुगेकाले मतदान गर्न पाउने




काठमाडौं ।

प्रतिनिधिसभा र प्रदेशसमा निर्वाचन हुने दिन ४ मंसिरभन्दा एक दिन अघिसम्म १८ वर्ष उमेर पुगेका व्यक्तिले मतदान गर्न पाउने भएका छन् ।

मतदाता नामावलीमा नाम दर्ता गराएकामध्ये ३ मंसिरसम्म १८ वर्ष पुगेका व्यक्तिहरुले प्रतिनिधिसभा र प्रदेशसमा निर्वाचनमा मतदान गर्न पाउने आयोगले जनाएको छ ।

आयोगले अन्तिम मतदाता नामावलीमा नाम नभएका जुनसुकै उमेर समूहका व्यक्तिले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतदान गर्न नपाउने पनि जनाएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ साउन २९ गते आइतबार