सल्यान ।
सल्यानकाे कुमाख गाउँपालिकाका अध्यक्ष मानबहादुर बुढाथोकीकाे सवार गाडी दुर्घटना भएकाे छ ।
शनिबार सल्यानदेखि नेपालगञ्ज तिर जाँदै गरेको गाउँपालिकाको बा २ झ ४२४६ स्कारपियो दुर्घटना भएकाे हाे ।
विपरीत दिशाबाट आउँदै गरेकाे कर्णाली प्रदेश ०२-००१ च ०२५९ नम्बरको बोलेरो पिकअपमा ठाेकिँदा दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ । दुर्घटनामा सबै सवार यात्रु सकुशल छन् भने दुवै गाडीमा क्षेती पुगेको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७९ साउन २९ गते आइतबार













प्रतिक्रिया दिनुहोस्