कोहलपुरमा जेसिजको प्रशिक्षक प्रशिक्षण तालिम शुरु

कल्पना कार्की, कोहलपुर ।

नेपाल जेसिजको आयोजनामा शनिबारदेखी देखि प्रशिक्षक प्रशिक्षण तालिम शुरु भएको छ ।  कोहलपुर जेसिज वर्ष-२०२२ का अध्यक्ष इस्वर शर्माकाे सभापतित्वमा तालिम सुरु भएको छ ।

तालिममा बोल्दै प्रमुख अतिथी कोहलपुर नगरपालिका प्रमुख पुर्ण प्रसाद आचार्यले कोहलपुर जेसिजको नेतृत्व राष्ट्रिय स्तर सम्म पुगेको र कोहलपुर जेसिजले नेतृत्व तह उच्च हासिल गरेको कोहलपुर बासीको लागि गर्वकोे विषय भएको औल्याउँदै कोहलपुर जेसिजले कोहलपुर क्षेत्रमा सामाजिक क्रियाकलापमा अग्रसरता कायम गरिरहेको र कोहलपुर नगरपालिका बाट गर्न सक्ने साथ सहयोग र समर्थन निरन्तर गरिरहने प्रतिबद्धता जनाए ।

कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका उपप्रमुख संगीता सुवेदीले कोहलपुर जेसिजकै कारण आज कोहलपुर नगर को उपप्रमुख बन्नलाई जेसिज नै पहिलो पाठशाला भएको बताउँदै युवाहरुको ब्यक्तित्व र नेतृत्व बिकास गर्न जेसिजले महत्वपुर्ण भुमिका खेलेको बताइन ।

त्यस्तै कार्यक्रम सभा अध्यक्ष नेपाल जेसिजका वर्ष-२०२२ का राष्ट्रिय अध्यक्ष लालमणि भन्डारीले पछिल्लो चरणमा युवाहरुको विदेश भएर पलायन हुने अवस्था रोक्न स्थानीय सरकारले नीति बनाउन जरुरी भएको बताए ।

अहिले अबस्थामा युवाहरु बिदेश पलाएर भएर हराउने हो भने युवाहरु नेपालमा युवा शक्ति नभेटिने अवस्था आउन सक्ने बताउदै बेरोजगारी युवाहरुलाई रोजगारी सृजना गर्नका लागि भुमिका खेल्नु पर्ने बताउदै युवाले फरक फन सहितको काम गरेर समाजमा प्रतिफल सहितको प्रभाव पार्न सक्नु पर्ने बताए ।

आगामी मंगलबार सम्म संचालन हुने प्रशिक्षण प्रशिक्षक तालिममा सिनेटर तिर्थराम पौडेल,रमेश अर्याल ,सेवक बजगाईले सहजीकरण गर्ने भएका छन । तालिममा ५० जनाको सहभागीता रहेको कोहलपुर जेसिज वर्ष-२०२२ का अध्यक्ष इस्वर शर्माले बताए ।