बाँकेमा पहिलो पटक निःशुल्क ग्रासरुट फुटबल प्रशिक्षण सुरु




कोहलपुर ।

बाँकेमा पहिलो पटक निःशुल्क ग्रासरुट फुटबल प्रशिक्षण सुरु गरिएको छ । बिहिबार एक औपचारिक कार्यक्रम गरी बाँकेमा पहिलो पटक निःशुल्क ग्रासरुट फुटबल प्रशिक्षण सुरु गरिएको हो ।

कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदीले प्रशिक्षकद्धय हरि कठायत र कृष्ण रानालाई फुटबल हस्तान्तरण गरी उद्घाटन गरेकी थिइन् ।

उपप्रमुख सुवेदीले कोहलपुरलाई विश्वसामु पहिचान गराउन सक्ने खेलाडि उत्पादन गर्नुपर्नेमा जोड दिएकी थिइन् ।

बालबालिकालाई सानै उमेरदेखि नै खेलकुदममा समाहित गरेको बाँकेमा पहिलो पटक हो ।

‘अहिले बालबालिकाहरु मोवाइल, फ्रिफायर, अन्य विद्यिुतीय ग्यामहरु खेलेर समय विताउँछन्, खेलकुद हवको विकासका लागि नगरपालिका सधै प्रतिबद्ध रहेको बताइन्, उनले भनीन् । ’

यस्तै रेसिङ्ग सहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले आफ्नो पहिलो प्रतिबद्धता अनुसारको ग्रासरुट फुटबलको शुरुवात गरेको बताए ।

‘८ वर्षदेखि १४ वर्षमुनिका बालबालिकालाई क्लबले निःशुल्क प्रशिक्षण गराउन लागेका छौं’ उनले भने, ‘यो एउटा खेलाडि उत्पादन गर्ने ठाँउ हो ।’

यस संस्थाले अन्तराष्ट्रिय खेलमा रेसिङ्ग सहारा क्लबबाट उत्पादन भएका खेलाडि सहभागि भएका जसले गर्दा कोहलपुरको मात्र होइन बाँकेको पहिचान समेत बढाएको क्षेत्रीको दावी थियो । सो प्रशिक्षण आफ्नो कार्यकाल ३ वर्षको चल्नेछ ।

यस्तै कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं. ५ का अध्यक्ष दिपेन्द्र श्रेष्ठ, क्लबका पदाधिकारी, सल्लाहाकार खेलाडी छात्रहरुको उपस्थिति थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ साउन २७ गते शुक्रबार