डिजिटल अपाङ्गता परिचय पत्र बनाउँदै कोहलपुर

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाले डिजिटल परिचय पत्र बनाउन लागेको छ । व्यक्तिको सम्पूर्ण विवरण सहितको राम्रो गुणस्तरको पानीमा खस्दासमेत नबिग्रने किसिमको परिचयपत्र वितरण गर्न लागिएको हो ।

कोहलपुर नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको डिजिटल परिचय पत्र बनाउन लागेको अपाङ्गता समन्वय समितिका संयोजक संगिता सुवेदीले बताइन् । रातो, निलो, पहेलो र सेतो गरी चार प्रकृतिका डिजिटल अपाङ्गगता परिचयपत्र बनाउने काम चलिरहेको छ । ‘रातोलाई पूर्ण अशक्त अपाङ्गता भएको व्यक्ति मान्छौ, ‘निलोलाई अति अशक्त, पहेलोलाई मध्यम र सेतोलाई सामान्य अपाङ्गता भएको व्यक्ति हुन नगर उपप्रमुख सुवेदीले भनिन्, ।’

कोहलपुर नगरपालिकाको निति तथा कार्यक्रममा समेत डिजिटल माध्यमबाट सेवा प्रवाह गर्ने लक्ष्य लिएको छ ।  चालु आर्थिक वर्ष २०७९/८० मा अपाङ्गता भएका व्यक्तिहरुको डिजिटल अपाङ्गता परिचयपत्र बनाउन थालनी गरेको छ ।

यस्तै महिला तथा बालबालिका शाखा प्रमुख रिना थापाले पुराना अथवा नयाँ अपाङ्गता भएका व्यक्तिहरुको डिजिटल अपाङ्गता परिचय पत्र बनाउन लागेको बताइन् ।

कोहलपुर नगरपालिकामा अहिले सम्म ७ सय १७ जनाले अपाङ्गता परिचय पत्र बनाएका छन् तर कतिपयको भने परिचय पत्र च्यात्निे, पानीमा भिज्ने जस्ता समस्या झैल्दै आएको भन्दै डिजिटल परिचय पत्र बनाउन लागेको बताइन् ।

यस्तै साउनको दोस्रो साताको मंगलबारदेखि सुरु भएको सो डिजिटल परिचय पत्र बनाउने काम निरन्तर चलिरहेको महिला तथा बालबालिका शाखाकी महिला विकास निरिक्षक घटना शाहले जानकारी दिइन् । गत आर्थिक वर्षमा ६ सय ८३ जनाले सेवा लिएको शाहले बताइन् ।