रुकुम पश्चिममा सम्बन्ध विच्छेद विकराल बन्दै

सुदाम शर्मा, कर्णाली  प्रदेश प्रमुख । 

रुकुम पश्चिममा सम्बन्ध विच्छेद विकराल बन्दै गएको छ । जिल्ला अदालतमा दर्ता हुने सबै भन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका रहेका छन् । वितेको वर्ष मात्र जिल्ला अदालतमा झण्डै २ सय सम्बन्ध विच्छेदका मुद्दा परेका छन् ।

वितेको आर्थिक वर्ष २०७८/०७९ मा अदालतमा रहेका कुल मुद्दाको ४३.४८ प्रतिशत मुद्दा सम्बन्ध विच्छेदका रहेको रुकुम जिल्ला अदालतले जनाएको छ । गत वर्ष सम्बन्ध विच्छेदका कुल २ सय ८७ वटा मुद्दा रहेका थिए ।

जवकी जिल्ला अदालतमा सबै मुद्दाको वार्षिक संख्या ६ सय ४० थियो । सम्बन्ध विच्छेदका मुद्दा मध्य अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका १ सय १२ वटा मुद्दा थिए भने १ सय ७६ वटा नयाँ मुद्दा दर्ता भएका थिए ।

कुल सम्बन्ध विच्छेदका मुद्दा मध्य २ सय ३५ वटा फछ्र्यौट भएका छन् । यो ८२.५७ प्रतिशत हो । ५२ वटा मुद्दा भने वितेको वर्ष फछ्र्यौट हुन नसकि चालु आ.व.का लागि जिम्मेवारी सरेर आएका छन् ।

तथ्थांककाे स्राेत : कखरा दैनिक