सुदाम शर्मा, कर्णाली प्रदेश प्रमुख ।
रुकुम पश्चिममा एक बृद्धा महिलाको उपचार खर्च नभएपछि रुकुम पश्चिम खोलामा हामफालेर देहत्याग गरेकी छिन ।
बुधबार जिल्लाको मुसिकोट नगरपालिका-१२ नयाँगाउँकाे बैरागीठाँटीमा बस्दै आएकी अन्दाजी ७० बर्षिया मुनि कामीलेे उपचार खर्च नभएपछि रुकुम पश्चिम खोलामा हामफालेर देहत्याग गरेकाे वडा अध्यक्ष धिरण शेर्पालीले बताए ।
वडा अध्यक्ष शेर्पालीका अनुसार साे शव मुसिकोट नगरपालिका ३ मुग्लुखोलामा फेला परेको हो । उनी दिर्घ रोगबाट पीडित थिइन्।
क्यान्सर रोगबाट पीडित उनले उपचार खर्च अभावको कारण बेलैमा उपचार गर्न पाएनन् । रोगले च्याप्दै गएपछि छट्पटिएकी उनले साँख खोलामा हाम्फालेको वडा अध्यक्ष शेर्पालीले बताए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्