मुसिकोट खलंगा बजारमा लाखे नाच




मुसिकोट ।

रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगा बजारमा लाखे नाच भएको छ ।

बाजागाजाको साथमा सदरमुकाम खलंगा बजार क्षेत्रका घर आँगनमा पुगेर नाच्दै रमाउने यो जात्राले आपसी सद्भाव र सहिष्णुता कायम गर्न सहयोग गरेको स्थानीय बताउँछन्  ।

यस नाचमा कंश, राधा र कृष्ण प्रतिक बनाएर नाच्ने चलन छ। यसमा एउटा स्वाँके नामक हास्य पात्रको राेचक भूमिका रहन्छन् ।

जुन पात्रले फुटेको टर्चलाईट देखाउने र सिस्नाे बनस्पतिलेे केटा  केटीलाई जिस्काउने र पैसाको संकलन गर्दछन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ साउन २४ गते मंगलबार