खानेपानीका अध्यक्ष मल्लमाथि अभद्र व्यवहारप्रति नेपाली काँग्रेसको घोर भत्र्सना

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका–११ मा सञ्चालनमा रहेको बृहत साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष नरबहादुर मल्लमाथि अज्ञात समुहले अभद्र व्यवहार गरेको प्रति नेपाली काँग्रेसले घोर भत्र्सना गरेको छ ।

सोमबार करिब दिउँसो १ बजेको समयमा कार्यालय आएको युवा जनस्वयमसेवक संगठनका ४ जना व्यक्तिहरुले कालोमोसो दलेर अभद्र व्यवहार गरी फरार भएका थिए ।

सो अभद्र व्यहार गरी फरार भएका ४ व्यक्तिहरुलाई कडा भन्दा कडा कारवाही गर्न नेपाली काँग्रेसका सभापति विरेन्द्र कुमार शाहले प्रेस विज्ञप्ती जारी गरेका छन् ।