खेलकुद मन्त्री अथक र नरैनापुर गाउँपालिका अध्यक्ष शाह बिच भेटर्वाता




कोहलपुर ।

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’ र नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह बिच भेटर्वाता भएको छ ।

मंगलबार भएको मन्त्री अथकसंगको भेटर्वातामा नरैनापुरको विकास र समृद्धि, शिक्षण संस्थालाई सुधार गर्नका लागि ‘एक विद्यालय एक खेल कार्यक्रम’, कृषि क्षेत्रको विकासका लागि डिप बोरिङ र नरैनापुरमा मालपोत कार्यालय स्थापना गर्ने जस्ता महत्वपूर्ण विषयमा छलफल भएको थियो ।

मन्त्री अथकसंग नरैनापुर गाउँपालिका अध्यक्ष शाहले नरैनापुरको विकास र समृद्धि, शिक्षण संस्थालाई सुधार गर्नका लागि ‘एक विद्यालय एक खेल कार्यक्रम’, कृषि क्षेत्रको विकासका लागि डिप बोरिङ र नरैनापुरमा मालपोत कार्यालय स्थापना गर्ने पहल गरिदिनका लागि आग्रह समेत गरेका थिए ।

बिजुलीका पोलहरु व्यवस्थापन र इलाका प्रशासन कार्यालयको भवन व्यवस्थापन भएकोले अब कर्मचारीको आवश्यकता छ त्यसकारणले कर्मचारीको तत्काल व्यवस्थापन गरिदिन माग गरेका थिए । अध्यक्ष शाहले गाउँको सडकलाई मुख्य सडकसंग जोडनका लागि बजेटको व्यवस्थापनका लागि पहल गरीदिन आग्रह गरे ।

गाउँपालिका अध्यक्ष शाहले शिक्षा क्षेत्रमा ३४ प्रतिशत बजेट व्यवस्था गरेको बताउँदै नरैनापुरलाई नमुना बनाउनका लागि केन्द्रीय सरकारको सहयोग जरुरी रहेको बताए । सो भेटघाटमा बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री समेत उपस्थिति रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ साउन २४ गते मंगलबार