बर्दिया ।
बर्दियाको बाँसगढीमा आफनै छोरा हत्या गरेको आरोपमा बाबु पक्राउ परेका छन् । बैतडी स्थायी घर भई हाल बाँसगढी-५ मा घर भाडामा बस्दै आएका डम्बर बहादुर बोहोरा पक्राउ परेका छन् ।
यहि साउन १६ गते बिहान करिब ७ बजे तिर छोरालाई घरबाट लगि डम्बर बहादुर बोहोरा सम्पर्क बिहिन भएको परिवारको भनाई छ । छोरालाई लिएर बोहोरा सम्पर्क विहिन भए पछि आफ्न्तीले छोराको खोजी पाँउ भनी ईलाका प्रहरी कार्यालय बाँसगढीमा निवेदन हालेका थिए ।
तर प्रहरीले बच्चा फेला पार्न सकेकाे थिएन । ३ बर्षिय छोराकी आमा कृष्ण चन्दका भाई सरद चन्दले सम्पर्क विहिन बोहोरालाई सोमबार बिहान ९ बजे समातेर प्रहरीको जिम्मा लगाएकाे जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता सुर्य प्रकाश सुवेदी जानकारी दिए ।
बोहोरालाई प्रहरीको जिम्मा लगाए सँगै प्रहरीले अनुसन्धान गर्ने क्रममा बासँगढी नगरपालिका र बारबदिया नगरपालिकाको सिमानामा पर्ने ग्याङ्ग नदिको पश्चिम जनकल्याण मध्यवर्ति सामुदायिक वनमा बालक मृत भेटिएको प्रहरीले जनाएको छ ।
बालकको शव पोष्टमाटर्मको लागि जिल्ला अस्पताल बर्दिया पठाईएको छ। हत्या आरोपमा पक्राउ परेका बोहोरा माथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता सुवेदीले जानकारी दिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्