कोहलपुर ।
कोहलपुर नगरपालिकाले खेलकुद विकास समितिको संयोजक बुद्धि बहादुर थापालाई मनोनयन गरेको छ ।
कोहलपुर नगरपालिकाको नगर खेलकुद विकास समिति सञ्चालन कार्यविधि, २०७६ को परिच्छेद ३ दफा ३ (क) बमोजिम थापालाई मनोनित गरिएको हो ।
कोहलपुर नगरपालिका नगर प्रमुखका स्वकिय सचिव गोपाल शर्माले नगर खेलकुद विकास समिति सञ्चालन कार्यविधि, २०७६ अनुसार समितिको संयोजक नगर प्रमुखले मनोनित गर्ने भएकोले थापालाई मनोनित गरिएको बताए ।
उनका अनुसार ४ पुरुष १ महिला गरेर ५ जना विज्ञ खेलाडीहरुबाट कार्यपालिकाले मनोनित गर्ने व्यवस्था रहेको छ ।
संयोजकले १ महिला सहित ३ सदस्य नगरमा रहेका विभिन्न क्लबहरु बाट मनोनित गर्ने व्यवस्था छ । थापा अन्तराष्ट्रिय तेक्वान्दोका एमपायर र राष्ट्रिय खेलाडी हुन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्