अपमानजनक शब्द प्रयोग भएका नागरिकता सच्याउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं ।

गृह मन्त्रालयले नाम र थरमा अपमानजनक शब्द प्रयोग गरेर बनाएकाे नागरिकता प्रमाणपत्र सच्याउन निर्देशन दिएको छ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले एक विज्ञप्ति जारी गरेर अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिको नाम र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्ने निर्देशन दिएका हुन् ।

यस्तै, अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकता प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्याउने व्यवस्था मिलाउने भनेको छ ।