तीन दशक देखि सामाजिक सेवामा समार्पित सिद्धिकीलाई नाइस अवार्ड

काेहलपुर । 

नाइस नेपालगन्जको आयोजनामा भएको तेस्रो साधारण सभा, वार्षिकोत्सव तथा प्रथम अधिवेशनमा समाजसेवी सिद्धिकीलाई नाइस अवार्ड प्रदान गरिएको हो ।

सोमवार  बिगत तीन दशक देखि बाँके युनेस्को क्लबका माध्यमबाट अविछिन्न सामाजिक सेवामा समार्पित सिद्धिकीलाई नाइस अवार्ड प्रदान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति बाँकेका उपप्रमुख सिता कार्की र संस्थाका अध्यक्ष नमस्कार शाहले संयुक्त रुपमा १० हजार नगद सहित कदर पत्र प्रदान गरेर सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै कार्कीले सामाजिक परिवर्तनका लागि संघ, संस्थाहरुले पुर्याएको योगदानको चर्चा गरे । सम्मानित व्यक्तित्व बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्धिकीले निस्वार्थ भावनाले सामाजिक कार्यमा निरन्तर लागिरहेको बताए ।

संस्थाका अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव हेमराज भट्टले गरेका थिए भने स्वागत कार्यक्रम संयोजक शोभा थापा मगरले गरेकी थिइन् ।

कार्यक्रमकै बिचमा ह्विल चियरका माध्यमबाट बिश्व यात्रा गरिरहेका तेज बहादुर कार्कीलाई संस्थाका अध्यक्ष नमस्कार शाहले आफ्नो जन्म दिनको अवसरमा १० हजार नगद सहयोग हस्तान्तरण भने सम्मानित सिद्दिकीले पनि पाँच हजार रुपियाँ सहयोग प्रदान गरे ।

अवार्डका लागि डाक्टर प्रकाश नागको नेतृत्वमा रहेको प्रकाश मेडिकल हलले सहकार्य गरेको थियो । गत बर्ष लागु औषध बिरुद्धका अभियन्ता अभिराज क्षेत्रीलाई नाइस अवार्ड प्रदान गरिएको थियो ।

कार्यक्रममा डाक्टर प्रकाश नाग, गैसस महासंघ नेपाल बाँकेका कार्य समिति सदस्य अभिराज क्षेत्री, बास नेपालका केन्द्रीय अध्यक्ष लुना बुढाथोकी, उपाध्यक्ष शिव कुमार बर्मा, द आर्ट अफ लिभिङका बरिष्ठ प्रशिक्षक कञ्चन घिमिरे, बाँके युनेस्को क्लबका अध्यक्ष रबि तुलाधर, बिश्व ह्वििल चियर यात्री तेज बहादुर कार्की लगायतले बोलेका थिए ।