श्रीमती र सासुको शरीरमा ‘आगो लगाएर’ ज्वाइँ फरार, दुवैको अवस्था चिन्ताजनक




जनकपुरधाम ।

महोत्तरीमा ज्वाइँले श्रीमती र सासुको शरीरमा आगो लगाएको घटना बाहिरिएको छ ।

भंगहा नगरपालिका ९ कञ्चनवनकी ६५ वर्षीया रेश्मादेवी सदा र ३५ वर्षीया प्रमिलादेवी सदालाई औरही नगरपालिका–८ का शंकर सदाले मट्टीतेल खन्याएर आगो लगाएको महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश बिस्टले जानकारी दिए ।

उनकाअनुसार आरोपित शंकर फरार छन् । उनको खोजी भइरहेको छ ।

आगो लागेर घाइते भएका दुवैजनाको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा सम्भव नभएपछि काठमाडाैं रेफर गरिएको छ । घटनाबारे यकिन कारण नआएपनि घरायसी विवादका कारण आवेगमा आएर आगो लगाइएको प्रहरीको अनुमान छ ।

आगोले रेसमादेवी सदाको पिठ्यु, पाखुरा र बायाँ खुट्टा जलेको छ । प्रमिलादेवी सदाको हात, खुट्टा र छाती जलेको छ । उनीहरूको अवस्था चिन्ताजनक रहेकोले थप उपचारका लागि काठमाडौं रेफर गरिएको प्रादेशिक अस्पताल जनकपुरका डा. रुपेश बर्माले बताए ।

वैदेशिक रोजगारबाट फर्केपछि शंकर पछिल्लो एक वर्षदेखि ससुरालीमै बस्दै आएका थिए ।

बाह्रखरीबाट साभार

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ साउन २२ गते आइतबार