निष्कर्ष बिहिन टुंगियो सर्वदलिय बैंठक

कोहलपुर ।

कोहलपुर नगरपालिकाको विकास र समृद्धिका लागि बसेको सर्वदलिय बैंठक निष्कर्ष बिहिन टुंगिएको छ ।

कोहलपुर नगरपालिकामा विभिन्न समयमा उठिरहेको र तत्कालिन अवस्थामा उठेका ५ वटा महत्वपूर्ण विविध विषयमा सर्वदलिय बैंठक भएको थियो । विभिन्न पार्टीका व्यक्तिहरुले आ-आफ्नो धारण राखेका थिए ।

आइतबार नगर विकासको हलमा भएको सर्वदलिय बैंठकमा नापी र मालपोत ल्याउने, पुरानो बसपार्क व्यवस्थापन गर्ने, सडकको अतिक्रमण हटाउने, नगर विकासको जग्गा अतक्रमण, हुलाक र सव डिविजन वन कार्यालयलाई अन्यत्र स्थान्तरण गर्ने लगायत विविध विषयमा छलफल भएको थियो ।

सो सर्वदलिय बैंठकमा कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्य, उपप्रमुख संगिता सुवेदी, वडा अध्यक्षहरुमा ९ का ओपेन्द्र नाथ योगी, ११ का कल्पना अधिकारी, १२ का विरेन्द्र शाह र १४ का नम प्रसाद आले रहेका थिए ।

यस्तै राजनितिक दलहरुबाट भने नेपाली काँग्रेसका ११ का वडाका पूर्व सभापति र हाल क्षेत्र नं. १ को क्षेत्रीय प्रतिनिनिधि मोहन चापागाँई, नेकपा एमालेका कोहलपुर नगर अध्यक्ष खिल प्रसाद भुषाल, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष अवराज खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर अध्यक्ष अर्जुनजंग शाह, नेकपा एकिकृत समाजवादी पार्टीका नगर सचिव तेज प्रसाद अधिकारी, राष्ट्रिय जनमोर्चा (रजामो) पार्टीका नगर अध्यक्ष भिम प्रसाद देवकोटा लगायतको उपस्थिति रहेको थियो ।