रुकुम पश्चिममा अरिंगालको टोकाइबाट सुवर्ण सुनारको मृत्यु

शुदाम शर्मा, रुकुम पश्चिम ।

रुकुम पश्चिममा अरिंगालको टोकाइ एक जनाको मृत्यु भएको छ ।

जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर १ का ४० वर्षीय सुवर्ण सुनारको मृत्यु भएको हो । साथीहरुसंग अरिंगाल झार्न गएका सुनारलाई अरिंगालले टोकेको थियो ।

आइतबार(आज) नेपालगञ्ज लैजादै गर्दा सुनारको सल्यानको श्रीनगरमा मृत्यु भएको गाउँ खेलकुद विकास समिति त्रिवेणीका अध्यक्ष जनककुमार विश्वकर्माले बताए ।

सुनारको शरिरमा ५३ वटा घाउ देखिन्छ सो ५३ वटा अरिंगालले टोकेको अुनमान गरिएको छ । सुनार गाउँ खेलकुद विकास समिति त्रिवेणीका सचिव थिए ।