कोहलपुर ।
बाँकेको कोहलपुर-२, बर्दहवाको लक्ष्मण टोलमा एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । शनिबार राती करिब १० बजेको समयमा आफ्नै घरमा अन्दाजी २५ वर्षिया प्रशांसा आचार्यको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी ऐन बहादुर मल्ले करेन्ट लागेर मृत्यु भएको बताए । ‘घरभरी नै टुक्रा टुक्रा तारहरु जोडर करेन्ट सप्लाई भएको देखिन्छ, कुन ठाउँबाट करेन्ट सप्लाई भयो भन्ने अझै पत्ता लागेको छैन । शरिरमा कुनै चोटपटक देखिदैन उनले भने ।’
विद्युतका कर्मचारीहरुले घरमा जोडिएका तारहरुलाई निकालेका छन् ।
ती तारहरु हेर्दा सबै टुक्रा टुक्रा तारहरु जोडेर कालो टेपले बानेको र काँही कतै भने नाङ्गो तारहरु रहेको इलाका प्रहरी कार्यालय प्रमुख मल्ले बताए । अहिले पोष्टमार्टमका लागि भेरी अस्पतालमा पठाइएको छ ।
सो घटनामा थप अनुसन्धान भइरहेको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्