सुदाम शर्मा, सल्यान ।
सल्यानमा जंगली च्याउ खाँदा ८ जना बिरामी परेका छन् । जिल्लाकाे शारदा नगरपालिका र बनगाड कुपिण्डे नगरपालिकामा शुक्रबार जंगली च्याउ खाँदा ८ जना बिरामी परेका छन् ।
बिरामी हुनेहरुमा बनगाड कुपिण्डे नगरपालिका ९ जयतपानीका ४८ वर्षीय भुपबहादुर वली, श्रीमती ४५ वर्षीया मनकली वली, छोरा २३ वर्षीय प्रकाश वली र बुहारी २१ वर्षीया सुशीला वली रहेकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ ।
उनिहरुलाई जिल्ला अस्पतालमा सामान्य उपचार पछि गएराति नै प्रादेशिक अस्पताल सुर्खेत रिफर गरेको छ ।
यस्तै शारदा नगरपालिका ४ साइलाकम्दमा ४० वर्षीया मिना बस्नेत, छोरी २५ वर्षीया पवित्रा बस्नेत, ९ वर्षीय जोन बस्नेत र ४ वर्षीया जोशना बस्नेत पनि जंगली च्याउ खाँदा बिरामी भएका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।














प्रतिक्रिया दिनुहोस्