पोखरा ।
पोखरा महानगरपालिकाले कृषकहरूलाई २० लाख बराबरको अनुदान दिएको छ । मेयरमैत्री बाख्रा पालन प्याकेज कार्यक्रम अन्तरगत ती समूहहरूलाई ५ लाखका दरले २० लाख बराबरको अनुदान वितरण गरिएको हो ।
पोखरा महानगरपालिका पशु सेवा शाखाद्वारा आयोजित बाख्रा मेला प्रदर्शनी तथा अनुदान वितरण कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सो अनुदान वितरण गरेका हुन् ।
अनुदान प्राप्त गर्नेमा मिलीजुली बाख्रा पालन कृषक समूह पोखरा १३ आर्वा, सराङकोट बाख्रा पालन समूह पोखरा १८, लगनशील बाख्रा पालन कृषक समूह पोखरा ३२ र बेगनास बाख्रा पालन समूह पोखरा ३१ रहेका छन् ।
प्रत्येक समूहलाई ५ लाखका दरले अनुदान वितरण गरिएको हो । अनुदानले १०० बढी कृषकहरू लाभान्वित हुनेछन् । सो क्रममा मौजा हिल लाईभस्टक फार्म पोखरा २० का कृषक दुर्गा बहादुर गुरुङलाई ‘सर्वोत्कृष्ट वर्ष कृषक’ घोषणा सहित सम्मान गरिएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्