रुकुम पश्चिमको त्रिबेणी गाउँपालिकाका विद्यार्थीहरुमा काेराना संक्रमण

सुदाम शर्मा, कर्णाली  व्यराे प्रमुख

रुकुम पश्चिमको त्रिबेणी गाउँपालिका वडा नम्वर ३ मा रहेको युवा जनजागरण माध्यमिक विद्यालयका विद्यार्थीहरुमा काेराना संक्रमण देखिएकाे छ । कोरोनासंग मिल्दा जुल्दा लक्षण देखिएका विद्यार्थीलाई एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।

२० जना विद्यार्थी बिरामी परे पछि विद्यालयमै गाउँपालिका स्वास्थ्य शाखाको टोलीले कोरोना जाँच गर्दा ७ जना विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको प्रधानाध्यापक कृष्ण खड्काले जानकारी दिए ।

विद्यार्थीमा कोरोना सक्रमण पुष्टि भए पछि साउन २९ गते सम्म विद्यालय बन्द गरिएको छ । विद्यार्थीमा बेहोस हुने, रुघाखोकी लाग्ने, टाउको दुख्ने, ज्वरो आउने जस्ता लक्षण देखिए पछि कोरोना चेक गरिएको प्रअ खड्काकाे भनाइ छ ।

पछिल्लो समय जिल्लामा पनि कारोना संक्रमितको सख्या बढ्दै गएको छ । जिल्ला अस्पतालमा दैनिक कोरोनाका बिरामी थपिदै गएको स्वास्थ्य सेवा कार्यालयले जानकारी दिएको छ ।