सल्यान दार्मा गाउँपालिकाको कुल बजेटको ८१ प्रतिशत खर्च

सुदाम शर्मा, कर्णाली प्रदेश व्यूरो प्रमुख

सल्यान जिल्लाको दार्मा गाउँपालिकाको आर्थिक वर्ष २०७८/०७९ को कुल बजेटको ८१ प्रतिशत खर्च भएको छ । दार्मा गाउँपालिका लेखापाल माधव केसीले आ.व. २०७८/०७९ को कुल बजेटको ८१ प्रतिशत खर्च भएको बताए ।

उनका अनुसार आ.व. २०७८/०७९ मा पालिकामा अनुमानित ५० करोड ६९ लाख ६५ हजार रहेपनि वास्तविक बजेट ४५ करोड ३० लाख २२ हजार ८ सय ३७ रुपैयाँ रहेको थियो ।

‘सो बजेटबाट ४१ करोड ११ लाख ७७ हजार रुपैयाँ खर्च भएको छ, यो बजेटको ८१ प्रतिशत खर्च हो, पूँजीगततर्फ आम्दानी १६ करोड ४६ लाख ९ हजार रुपैयाँ रहेको छ ।’ उनले भने, पूँजिगत तर्फ खर्च ११ करोड १६ लाख ४९ हजार रुपैयाँ रहेको छ, यो ६७.०९ प्रतिशत हो ।’

यस्तै चालुतर्फ ३४ करोड ५ लाख ५८ हजार रुपैयाँ बजेट थियो भने २९ करोड ९५ लाख २८ हजार रुपैयाँ खर्च भएको छ जुन ८७.९५ प्रतिशत खर्च हो ।

यस्तै आर्थिक विकास शाखा तर्फको २ करोड ११ लाख ३३ हजार ४ सय ७०, सामाजिक विकास शाखा तर्फको २४ करोड १८ लाख २२ हजार ९ सय ४३, पुर्वाधार विकास शाखा तर्फको ४ करोड ९२ लाख ३३ हजार ४ सय ४४, शुसासन तर्फको ५५ लाख ३३ हजार २ सय ७२, कार्यालय संचालन तथा प्रशासनिक तर्फको ९ करोड ३४ लाख ५१ हजार ६ सय ८२ रुपैयाँ खर्च भएको केसीले बताए ।

यस्तै संघिय सरकार ३२ करोड २७ लाख ४८ हजार ३ सय ८०, प्रदेश सरकारबाट २ करोड ९६ लाख ७७ हजार ९१, र राजस्व बाँडफाट स्थानीय, प्रदेश र संघिय सरकारबाट ६ करोड ५६ लाख ५ हजार २९५ रुपैयाँ आय भएको थियो ।

पालिकाकाको २ करोड २४ लाख ८ हजार ४० रुपैयाँ फिर्ता भएर गएको छ भने संघिय शसर्त पूँजीगतमा ३८ लाख १ हजार ४ सय ६८ रुपैयाँ र संघिय शसर्त चालु १ करोड ६४ लाख ४६ हजार ५ सय ७२ रुपैयाँ फ्रिज भएको छ ।