कोहलपुरमा मनाइयो मानव बेचबिखनविरुद्धको विश्व दिवस

कृष्ण कुमार शाही, बाँके ।

मानव बेचबिखनविरुद्धको विश्व दिवस बाँकेको कोहलपुरमा भव्य रुपमा मनाइएको छ ।

कोहलपुर नगरपालिका, प्लान इन्टरनेशनल, बाके यूनिस्को क्लब र कोहलपुरका अभियान्ताहरुले मानवहरुको आयोजनामा बेचबिखनविरुद्धको विश्व दिवस भव्य रुपमा मनाएका हुन् ।

सरकारको प्रतिबद्धता, मानव बेचविखन तथा ओसारपसारको नियन्त्रणमा हामी सबैको ऐक्यबद्धता’ भन्ने मूल नाराका दिवस मनाइएको हो ।

कोहलपुर नगरपालिका महिला तथा बालबालिका शाखाकी निरिक्षक घटना शाहले किशोरीहरू वैदेशिक रोजगारीको प्रलोभनमा परेर बेचिने गरेको बताइन् । आर्थिक रूपमा विपन्न वर्गका परिवारलाई विभिन्न लोभ देखाएर बेचबिखन गर्ने गरेको देखिन्छ’ उनले भनीन्, ‘नेपाल भारतको खुल्ला सिमानाका कारणले गर्दा मानव तस्कर बढेको हो ।’ ग्रामीण भेगका महिला प्रविधिको सहज पहुँचमा भएकाले मानव तस्करलाई अझ सजिलो भएको शाहले बताइन् ।

यस्तै कोहलपुर नगरपालिका प्रमुख प्रशासकि अधिकृत टिकाराम ढकालले मानव तस्कर रोक्नका लागि महिला, बालबालिका, अभिभावक र विद्यार्थीहरुलाई परामर्श अति आवश्यक रहेको बताए ।

‘महिलालाई विभिन्न देश पुर्‍याउन मानव बेचबिखन गर्ने गिरोहले नेपालगन्ज–रुपैडिहा नाका बढी प्रयोग गरेको समाचारहरु देखिन्छ,’ उनले भने, ‘खुल्ला सिमानाका कारण मानव ओसारपसार तिव्र रुपमा बृद्धि भइरहेको छ ।’ पछिल्लो समयमा सामाजिक सञ्जालबाट अझै बढि मानव ओसारपसार गर्न सजिलो भएको उनको भनाई थियो ।

यस्तै कार्यक्रममा कोहलपुर नगरपालिका लेखा अधिकृत युवराज अधिकारी, इन्रुडेक(बाँके) का अध्यक्ष धर्मलाल रोकाय, पूर्व नगर बाल क्लब अध्यक्ष रमेश वर लगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।