बर्दियामा ट्रकको ठक्करबाट साईकल यात्रीको मृत्यु

बर्दियाको बारबर्दिया ९ बैदीमा ट्रकको ठक्करबाट साईकल यात्रीको ज्यान गएको छ । पुर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पर्ने बैदीचोकमा शुक्रबार साँझ सवाँ ४ बजे तिर ट्रकले ठक्कर दिदा साईकल यात्रीको ज्यान गएको हो । बाँसगढी देखी भुरीगाँउ तर्फ जादै गएको ना ६ ख ९८७८ नं.को ट्रकले सडक क्रस गर्दै गरेका बढैयाताल गाँउपालिका ५ जगतपुरका अन्दाजी ४७ बर्षिया टोप बहादुर विकको ज्यान गएको प्रहरीले जनाएको छ । ट्रकको ठक्करबाट गम्भिर घाईते बिकलाई उपचारको लागि मेडिकल कलेज कोहलपुर पुर्याउदा डाक्टरले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय मोतिपुर बर्दियाले जनाएको छ । बैदी चोक देखी बनगाँई तर्फ आउनको लागि बाटो काट्ने क्रममा बिकलाई ट्रकले ठक्कर दिएको हो । ठक्कर दिने ट्रक र चालक राप्ती गाँउपालिका ७ दाङका अन्दाजी ५५ बर्षिय हिरामणी थारुलाई प्रहरीले नियन्त्रणमा लिएकोे छ ।