काेहलपुर ।
इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत एक प्रहरी कर्मचारीमाथि थुनुवा महिलामाथि करणी आरोप लागेको छ ।
बहुविवाह मुद्वामा अनुसन्धानका लागि राखिएकी थुनुवा एक महिलालाई इप्रका कोहलपुरको मुद्वा फाँटमा कार्यरत असई प्रविण चौलागाईले जवरजस्ती करणीको प्रयास गरेपछिआरोप लागेको छ।
शुक्रबार राति १ देखि २ बजेको बीचमा मदिराको नशामा थुनुवा कक्षमा रहेकी महिलालाई अनुसन्धान तथा सोधपुछको लागि बोलाई करणीको प्रयास गरेको तर हिरासत कक्षमा रहेका अन्य थुनुवाहरुले हल्ला गर्दै विरोध जनाएको श्रोतले जानकारी दिएको छ ।
यस विषयमा अनुसन्धान तथा छाविनका लागि बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपाने कोहलपुर इलाका प्रहरी कार्यालय कोहलपुर आइपुगेका छन् ।
घटनाको छानविन तथा अनुसन्धान पछि आरोपित प्रहरी दोषी पाइएमा कानुन बमोजिम कारवाही हुने प्रहरी श्रोतले जानकारी दिएको छ । न्युज नमस्तेबाट साभार
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्