कोहलपुर रेसिङ्ग साहारा क्लबको नयाँ कार्य समिति निर्माणमा विवाद किन ?

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा रहेको रेसिङ्ग साहारा क्लबको नयाँ कार्यसमिति निर्माणमा विवाद भएको छ ।

एकातर्फ पत्रकार सम्मेलन गर्दै नयाँ कार्यसमिति निर्माण भएको जानकारी दिइएको थियो भने अर्को तिर रेसिङ्ग साहारा क्लबको अध्यक्ष यज्ञ महराले विज्ञेप्ती निकालेका छन् । सोमबार रेसिङ्ग साहारा क्लबले २०७९ साउन ८ गते हो या २०७९ साउन ४ गतेको आधिकारीक हो भन्ने विषयमा विवाद आएको देखिन्छ ।

सोमबार पत्रकार सम्मेलन गर्दै रेसिङ्ग साहारा क्लबको २०७९ साउन ८ गते भएको साधारण सभाबाट अध्यक्षमा चक्र क्षेत्री, उपाध्यक्षमा राजुराज शर्मा, सचिवमा नवकिरण शाह र कोषाध्यक्षमा काशिराम अधिकारी रहेका छन् । यस्तै सदस्यहरुमा रोषण गुरुङ्ग, हरी कठायत, सन्तोष बस्याल, अंकित सिग्देल र नविन राइमाझि रहेका छन् ।

रेसिङ्ग साहारा क्लबको २०७९ साउन ४ गते भएको साधारण सभाबाट अध्यक्षमा यज्ञ महरा, उपाध्यक्षमा विरेन्द्र शाही उपाध्यक्ष, सचिवमा जंग बहादुर डाँगी र कोषाध्यक्षमा उपेन्द्र विष्ट रहेका छन् ।

यस्तै सदस्यहरुमा काशी अधिकारी, हरी चन्द्र थारु, युवराज विष्ट, ममता थापा, नविन रायमाझि र टोपेन्द्र महरा रहेका छन् ।

यो विषयमा दुवै नयाँ कार्यसमितिका अध्यक्षहरुलाई कोहलपुर टुडेले सम्पर्क गरेको थियो सो टेलिफोनमा दुबैले नयाँ कार्य समितिले आ-आफ्नो क्लबको विधान अनुसार नै गठन पक्रिया भएकोले आधिकारीक रहेको बताएका छन् ।