नेपाल प्रेस युनियन केन्द्रिय समितिमा बाँकेका तीनजना निर्वाचित

काेहलपुर । 

हेटौंडामा सम्पन्न नेपाल प्रेस युनियनको नयाँ कार्यसमितिमा बाँकेका तीनजना निर्वाचित भएका छन् ।

शुक्रबारबाट सुरु भएको नवौं महाधिवेशन आइतबार सम्पन्न भएको थियो । जसबाट वरिष्ठ उपाध्यक्षमा प्रेम केसी, केन्द्रीय सदस्यमा कमला हमाल र शोभा खत्री निर्वाचित भएका हुन् । बरिष्ठ उपाध्यक्ष केसीले सरोज अधिकारीलाई पराजित गरेका हुन् । केन्द्रीय सदस्य खत्री अध्यक्षमा निर्वाचित शिव लम्साल प्यानल र हमाल अध्यक्षमा पराजित अनिता विन्दुको प्यानलबाट निर्वाचन लडेका थिए । ६ जना निर्वाचित हुने महिलातर्फको केन्द्रीय सदस्यमा उनीहरु निर्वाचित हुन सफल भएका हुन् ।

प्रेम केसी यसअघि उपमहासचिव थिए भने शोभा र कमला पहिलोपटक केन्द्रीय कार्यसमितिमा पुगेका हुन् । उपमहासचिवमा उम्मेदवारी दिएका बाँकेका सन्तोष रेग्मी र लेखा समिति सदस्यका उम्मेदवार टेकेन्द्र बस्याल भने पराजित भए ।

त्यसैगरी नेपाल प्रेस युनियनका नवनिर्वाचित पदाधिकारीमा उपाध्यक्ष (खुला) नकुल अर्याल, भीष्मराज ओझा एवम् उपाध्यक्ष (महिला) सलोजा दाहाल निर्वाचित भए ।उपाध्यक्ष (प्रदेश १) डिल्लीराम अतिवडा, उपाध्यक्ष ( मधेश प्रदेश) अनिल कर्ण, उपाध्यक्ष ( बागमति प्रदेश), डा.मुरारी अधिकारी, उपाध्यक्ष ( गण्डकी प्रदेश) ऋषिकान्त पौडेल, उपाध्यक्ष (लुम्बिनी प्रदेश) माधवप्रसाद अर्याल, उपाध्यक्ष (कर्णाली प्रदेश) राजेन्द्रबहादुर कार्की, उपाध्यक्ष (सुदूरपश्चिम प्रदेश) प्रेम चुनारा र उपाध्यक्ष (उपत्यका) जीवन भण्डारी निर्वाचित भएका छन् । महासचिव दिलिप पौडेल निर्वाचित हुँदा उप–महासचिव (खुला) युवराज गौतम, कमल पन्त, रविन्द्र सुवेदी निर्वाचित भए ।

उप–महासचिव (महिला) सुलोचना गौतम, दिलिपाथी अधिकारी तथा उप–महासचिव (समावेशी) अभयकुमार राई निर्वाचित भए । सचिव (खुला) केदारप्रसाद दाहाल, खगेन्द्र भण्डारी, भुवन शर्मा, गुरुप्रसाद, तिर्थराज बस्नेत, सचिव (आदिवासी/जनजाति) लालकुमार मुक्तान, सचिव (मधेशी) अजित तिवारी, सचिव (दलित) राजन रुचाल, सचिव (खस आर्य) युवराज रेग्मी, सचिव (रेडियो माध्यम) नरहरी सापकोटा र सचिव (छापा माध्यम) राधा खनाल निर्वाचित भएका छन् । साथै कोषाध्यक्ष भने माधव धिताल निर्वाचित भएका छन्