विपी स्मृति दिवसमा वृक्षारोपण




कोहलपुर ।

बाँके लगायत देशभरी नै विपी स्मृति दिवस वृक्षारोपण गरी मनाइएको छ । आइतबार नेपाली काँग्रेसको वडा नम्बर २ को वडा कार्य समितिको आयोजनामा १ सय बढि विरुवा वृक्षारोपण गरिएको थियो ।

सभापति यज्ञ महराको अध्यक्षता तथा कोहलपुर नगरपालिका प्रथम उप–प्रमुख तथा नेपाली काँग्रेसका बाके जिल्ला सचिव सञ्जु कुमारी थारु प्रमुख अतिथिमा मुक्तीनाथ प्राथमिक विद्यालयमा वृक्षारोपण गरिएको हो ।

वडा सभापति महराले विपी स्मृति दिवसमा जनप्रतिनिधिहरुले बहिष्कार गर्नु राम्रो नभएको बताए । विपी नेपाली काँग्रेसका महान व्यक्तित्व भएकोले उहाँलाई नै बहिष्कार गर्नु राम्रो कार्य नभएको भन्दै महराले टिप्पणी गरेका थिए ।

यस्तै कार्यक्रममा निर्वतमान क्षेत्रिय सभापति माधव खत्री, निर्वतमान जिल्ला उपसभापति फुलराम थारु, प्रदेश सभापति बलराम शर्मा र महाधिवेशन प्रतिनिधि भानु भट्टराईको उपस्तिथि रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ साउन ९ गते सोमबार