Kohalpur Today Header Ads

पाल्पामा बस दुर्घटना, ६ जनाकाे मृत्यु




पाल्पामा बस दुर्घटना हुँदा ६ जना यात्रुको मृत्यु भएको छ।

लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लगुवामा दुर्घटना हुँदा अन्य १७ जना घाइते भएका छन्। दुर्घटनामा घाइते भएका १७ जनाको उपचारका लागि तानसेन अस्पताल लगिएको छ।

२३ जना सवार बस दुर्घटना हुँदा ६ जनाकाे घटनास्थलमै ज्यान गएकाे रिब्दिकाेट गाउँपालिकाका उपाध्यक्ष कान्ता अधिकारीले जानकारी दिइन्।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

घाइते १७ जनालाई पाल्पास्थित तानसेन अस्पतालमा लगिएकाे अधिकारीले बताइन्। दुर्घटनाको कारण खुल्न सकेको छैन।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ साउन ८ गते आइतबार