Kohalpur Today Header Ads

आयआर्जनकालागि अति विपन्नलाई किराना र नास्ता पसल सहयोग




काेहलपुर ।

बाँके युनेस्को क्लबले कतार च्यारेटीको आर्थिक सहयोगमा नेपालगञ्जका चार जना अति विपन्न परिवारलाई आयआर्जनका लागि किराना र नास्ता पसल सञ्चालनमा सहयोग गरेको छ ।

सोही क्रममा क्लबले सञ्चालन गरेको आयआर्जनका लागि व्यावसायीक परियोजना अन्तर्गत नेपालगञ्ज ११ का अति विपन्न एकल महिला शाहजहाँ मिस्त्रीलाई सहयोग गरिएको किराना पसलको आइतवार उद्धाटन गरिएको छ ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

सो पसलको उदघाटन नफुकनका मानार्थ अध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य हरिवंश किरात, नफुकनका मानार्थ उपाध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य दिपक सरकार र बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले संयुक्त  उद्धाटन गरिएकाे थियाे ।

सो अवसरमा नफुकनका मानार्थ अध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य किरातले कतार च्यारेटीको सहयोगमा क्लबले अतिविपन्नलाई गरेको यो सहयोगले विपन्न परिवारको जिवनयापनमा ठुलो सहयोग पुग्ने बताए । उनले किराना व्यवसायलाई राम्रोसंग गर्न सुझाव दिंदै यसबाट जिवन परिवर्तन हुने बताए ।

सो अवसरमा बाँके युनेस्को क्लबका कोषाध्यक्ष फिरदौस जहाँ खान, कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी, वित्तिय प्रमुख वेद पंगाली र कार्यक्रम अधिकृत गुलाम गौस लगायतको उपस्थिति रहेको थियो ।

सो पसल सञ्चालनका लागि क्लबले २ लाख २४ हजार रुपियाँको सहयोग गरेको छ ।

क्लबले कतार च्यारेटीको सहयोगमा नेपालगञ्जका तीन जना विपन्नलाई किराना पसल र एक जनालाई नास्ता पसलको लागि आर्थिक सहयोग गरेको क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताए । उनले यस्ता कार्यक्रमले धेरैको आर्थिक अवस्थामा ठुलो परिवर्तन आएको बताए ।

बाँके युनेस्को क्लब मार्फत कतार च्यारेटीले बाँकेका विभिन्न पालिकामा विपन्न र असहायका लागि विभिन्न प्रकारका कार्यक्रमहरु गर्दै आएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ साउन ८ गते आइतबार