शिक्षण सिकाई अनुदान शिक्षक बैजनाथको अध्यक्षमा वली

कोहलपुर ।

बाँकेको बैजनाथ गाउँपालिकामा शिक्षण सिकाई अनुदान शिक्षकहरुको विवेक वली अध्यक्षमा नयाँ कार्यसमिति चयन भएको छ ।

शनिबार बाँके जिल्लाको दोस्रो जिल्ला अधिवेशन पश्चात शिक्षण सिकाई अनुदान शिक्षकका बाँकेका सचिव कृष्ण कुमार शाहीको अध्यक्षतामा भएको पहिलो बैठकबाट विवेक वली अध्यक्षमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

यस्तै उपाध्यक्ष माधव वली, सचिवमा सन्त कुमार थारु, सह–सचिवमा सिउ रतन थारु, कोषाध्यक्षमा खिम कुमारी थापा बस्नेत चयन भएका हुन् ।

यस्तै सदस्यहरुमा इन्द्र बहादुर थारु, राम प्रसाद थारु, महेश चौधरी, बिनोद बहादुर खड्का, राम प्रकाश थारु, रामदिन थारु, सुरेश थारु र राज कुमार थारु चयन भएका हुन् ।

कार्यक्रमको अध्यक्षता गरेका शिक्षण सिकाई अनुदान शिक्षकका बाँकेका सचिव कृष्ण कुमार शाहीले पेशागत हक हित र संगठन मजबुद बनाउन नयाँ कार्यसमिति चयन गरिएको बताए ।