श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ




विराटनगर ।

ताप्लेजुङमा घरायसी विवादमा कुटपिट गरी श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ परेका छन् ।

ताप्लेजुङको फुङ्लिङ नगरपालिका ९ हाङदेवास्थित गाइगुडेकामा कुटपिटबाट ५४ वर्षीया कान्छी माया लिम्बूको हत्या गर्ने ५६ वर्षीय बलबहादुर साँवालाई प्रहरीले पक्राउ गरेको हो ।

शुक्रवार साँझ उनीहरुबीच सामान्य घरायसी विवाद हुँदा कुटपिटको स्थिति सिर्जना भएको थियो । कान्छीमायालाई उनका श्रीमानले खुर्पाको पछाडिको भागले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो ।

साँवालाई पक्राउ गरी घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ साउन ७ गते शनिबार