कोहलपुर ।
बाँकेको बैजनाथ गाउँपालिकामा कोहलपुर जेसिजले वृक्षारोपण कार्यक्रम गरेको छ । कोहलपुर जेसिजले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शनिबार बैजनाथ गाउँपालिका प्रमुख प्रकाश बहादुर शाहीले वृक्षारोपण गरी कार्यक्रम सुरु भएको थियो ।
पालिकाको प्राङ्गणमा ७५ वटा विभिन्न जातका विरुवा रोपिएका थिए । कोहलपुर जेसिजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत चौथो दिन वृक्षारोपण कार्यक्रम गरेको हो ।
कार्यक्रममा कोहलपुर जेसिज, जुनियर जेसिज, सम्भावित बैजानाथ जेसिजका पदाधिकारीहरुका साथै बैजनाथ गाउकार्यपालिकाका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्