जेसिजको सप्ताहव्यापी : बैजनाथमा वृक्षारोपण




कोहलपुर ।

बाँकेको बैजनाथ गाउँपालिकामा कोहलपुर जेसिजले वृक्षारोपण कार्यक्रम गरेको छ । कोहलपुर जेसिजले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शनिबार बैजनाथ गाउँपालिका प्रमुख प्रकाश बहादुर शाहीले वृक्षारोपण गरी कार्यक्रम सुरु भएको थियो ।

पालिकाको प्राङ्गणमा ७५ वटा विभिन्न जातका विरुवा रोपिएका थिए । कोहलपुर जेसिजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत चौथो दिन वृक्षारोपण कार्यक्रम गरेको हो ।

कार्यक्रममा कोहलपुर जेसिज, जुनियर जेसिज, सम्भावित बैजानाथ जेसिजका पदाधिकारीहरुका साथै बैजनाथ गाउकार्यपालिकाका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०७९ साउन ७ गते शनिबार