Kohalpur Today Header Ads

पुष्पलालको शालिकमा माल्यार्पण




कोहलपुर ।

बाँकेमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४४ औं स्मृति दिवसको अवसरमा विभिन्न कार्यक्रम मनाएको छ । शनिबार बिहान नेपालगञ्जमा रहेको पुप्पलालको शालिकमा माल्यार्पण गरिएको थियो भने एमाले पार्टी कार्यालय बाँकेमा विचार गोष्ठीको आयोजना गरिएको थियो ।

पार्टी कार्यालयमा सम्पन्न विचार गोष्ठीमा नेकपा एमालेका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्माको सहभागिता रहेको नेकपा एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

यस्तै माल्यार्पण कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज सूर्य ढकाल, केन्द्रीय सदस्य तथा सहइन्चार्ज मो. हारुन, पशुपति दयाल मिश्र, शान्ति ढकाल, प्रदेश कमिटी सदस्य बलिभद्र पुन, जिल्ला कमिटी अध्यक्ष किस्मतकुमार कक्षपति, सचिव रत्न खत्रीलगायतका नेता कार्यकर्ताको उपस्थितिमा माल्यार्पण र एक मिनेट मौन धारण गर्दै नेपाली कम्युनिष्ट आन्दोलनमा पुष्पलालले पुर्‍याएको योग्दानको स्मरण गरेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ साउन ७ गते शनिबार