बैजनाथ गाउँपालिकाको वार्षिक समिक्षा

कोहलपुर ।

बाँकेको बैजनाथ गाउँपालिकाले वार्षिक समिक्षा गरेको । आर्थिक वर्ष २०७८/०७९ सालमा कुल बजेटको ७९.४६ वित्तिय प्रगति भएको छ । शाखाका प्रमुख, वडा सचिवहरुले आ-आफ्नो काम गरेका प्रगति विवरणहरुलाई समष्ठिगत रुपमा प्र्रस्तुत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले सबै शाखा प्रमुखहरुले प्रतिशतका आधारमा काम सम्पन्न गर्न सुझाव दिए ।
करार कर्मचारीहरुको हकमा आफुले कुनै पार्टी र व्यक्तिवादी भएर हैन काम गर्नेलाई तीन महिनाको परिक्षणकाल थपेर आफु नेतृत्वको सरकारले मुल्यांकन गरेर पास भएकाहरुलाई निरन्तरता दिने र अन्यलाई विदाइ गर्ने समेत अध्यक्ष शाहिले बताए ।

उक्त कार्यक्रममा गाउँपालिका लेखा अधिकृत पुर्ण प्रशाद जैसीले आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै कुल बजेटको ७९.४६ प्रतिशत कार्यक्रम तथा योजनाको भुक्तानी भइ बित्तीय प्रगति भएको बताए ।

भने बेरुजु प्रगती प्रतिवेदन समेत प्रस्तुत गर्दै चालु आर्थिक वर्षमा कुल बेरुजु को ४८.३८ प्रतिशत फछ्र्यौट भएको जानकारी दिन दिए । विभिन्न विषयगत शाखा प्रमुखहरुद्वारा वार्षिक प्रतिवेदन प्रगति समस्या चुनौती र समाधानको बारे शाखा प्रमुख र वडा सचीवहरुले प्रतिबेदन प्रस्तुत गरेका थिए ।

स्थानीय सरकारलाई सफल बनाउन सम्पुर्ण जनप्रतिनिधि र कर्मचारी एकमत एकमनका साथ अगाडि बडेमात्र स्थानीय सरकार सफल हुने र स्थानीय नागरिकले सरकार भएको महसुस गर्ने बताए ।

आगामी दिनहरुमा किसानहरुलाई प्रोत्साहन गरेर उत्पादनमा वृद्धि गरे मात्र आत्मनिर्भर बन्न सकिने भएकाले आगामी दिनहरुमा कुनैपनी कृषि जन्य अनाज फलफुल पशु पंक्षी ब्यवसायी गरेर आत्मनिर्भर तर्फ उन्मुख गराउन कृषि प्राबिधिक थप गरेर सेवा प्रदान गरिने बताउनु भयो।

उक्त कार्यक्रममा निमित्त प्रमुख प्रशासकिय अधिकृत तप्तराज आचार्यले स्वागत मन्तव्य र कार्यक्रम सञ्चालन योजना अधिकृत डोटी नेपालीले गरेका थिए ।