कृष्ण कुमार शाही, कोहलपुर ।
बाँकेमा रहेको शिक्षण सिकाई अनुदान शिक्षकहरुको दोस्रो जिल्ला अधिवेशनबाट राम सागर चौधरी अध्यक्षमा चयन भएका छन् । मंगलबार शिक्षण सिकाई अनुदान शिक्षक बाँकेका उपाध्यक्ष कुमार वलीको अध्यक्षता तथा शिक्षण सिकाइ सहयाेग अनुदान शिक्षक केन्द्रिय कमिटिका उपाध्यक्ष नारायण गरीको प्रमुख अतिथिमा भएको अधिवेशनबाट चौधरी अध्यक्षमा चयन भएका हुन् ।

यस्तै उपाध्यक्षमा कुमार वली र दिपा सिग्देल, सचिवमा कृष्ण कुमार शाही, सह-सचिवमा सहजराम साहु, कोषाध्यक्षमा सरस्वती बराल र सहकोषाध्यक्ष कृष्णसुमन कडेल चयन भएका छन् । यस्तै सदस्यहरुमा टोपेन्द्र शाही, रुपसिंह थारु, महेश चौधरी, राजेन्द्र थारु, शुसिलराज रेग्मी र प्रेम थापा चयन भएका हुन् ।
यस्तै अधिवेशनमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि शिक्षण सिकाइ सहयाेग अनुदान शिक्षक केन्द्रिय कमिटिका उपाध्यक्ष नारायण गरीले अनुदान शिक्षकहरुलाई अपहेलनाको महशुस हुने गरी पालिकाहरुले काम गरेकोले यस विरुद्ध चर्को आवाज उठाउनुपर्ने बताए । ‘नेपाल सरकारले तोकिएको रकम भन्दा कम मात्रामा दिने, समयसमयमा तलब भत्ताहरु उपलब्ध नगराउने, विभिन्न बहानामा दुःख दिने जस्ता क्रियाकलापहरु हुने गरेका छन्’ उनले भने’ ‘त्यसलाई रोक्नका लागि नयाँ कार्यसमिति चयन गरेका छौं । सो समितिमार्फत कामकारवाहीहरु अगाडि बढाउने उनले जोड दिएका थिए ।

यस्तै नव निर्वाचित अध्यक्ष चौधरीले पालिकाहरुले शिक्षकलाई पोषाक भत्ता, मंहगी भत्ता र सुनिश्चिता गर्नुपर्नेमा जोड दिए । पालिकाहरुले अनुदान शिक्षकहरुले राखेका मागहरुलाई पुरा नभएको खण्डमा बृहतरुपमा आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने थारुले चेतावनी दिए ।
यस्तै अधिवेशनमा जिल्ला शिक्षा समन्वय इकाई बाँकेका प्रमुख रामसुरेश यादव, शिक्षण सिकाई अनुदान शिक्षकका केन्द्रिय अध्यक्ष नारायण गिरी, महासचिव मेघराज पोख्रेल, शिक्षक संघका बाँकेका सचिव ऋर्षी शर्मा, अखिल नेपाल राष्ट्रिय संगठन बाँकेका सचिव बाबुराम अधिकारी लगायतको उपस्थित रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्