होटल व्यवसायीलाई अनैतिक कार्यमा सम्झौता नगर्ने आग्रह : नगर प्रमुख आचार्य

काेहलपुर ।

व्यवसायीका हकहितमा काम गर्ने कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले बताएका छन् । होटल व्यवसायी संघ बाँके कोहलपुरले पाँचौ साधारण सभा तथा चौथो अधिवेशनका निर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

‘पर्यटन पर्बद्धनमा होटल व्यवसायीले महत्वपुर्ण भूमिका खेलेका छन्, उनले भने, ‘व्यवसायीहरु आफ्नो व्यवसायमा अत्यन्तै मर्यादित शिष्ट र सभ्य रुपमा सञ्चालन गर्नुपर्नेछ ।’

कोहलपुरका बजारक्षेत्रमा रहेका होटल तथा रेष्टुरेण्टहरुमा अनैतिक कार्य तर्था नकारात्मक घटनाहरु हुन सक्छन्, त्यसैले यसतर्फ समेत ध्यान दिन र आफ्नो गुणस्तरीयतामा कमि हुन नदिन व्यवसायीहरुलाई आचार्यले आग्रह गरे । निर्बाचन मण्डलका अध्यक्ष विश्वराज खनालले निर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण गराएका थिए ।

पदभार ग्रहण गर्ने नबनिर्बाचित पदाधिकारीहरुमा अध्यक्ष मोहन रिजाल, वरिष्ठ उपाध्यक्ष कृष्ण बहादुर रानाभाट, उपाध्यक्ष लक्ष्मण थापा मगर, महिला उपाध्यक्ष खिमा राना, महासचिबमा लक्ष्मण बहादुर खत्रि, सचिव बिष्णु बहादुर कार्की, कोषाध्यक्ष खिमराज बेल्बासे, सह कोषाध्यक्ष कमल बहादुर शाही हुन् ।

यस्तै सदस्यहरुमा राम प्रसाद हमाल, राज बहादुर कार्कि, दुर्ग प्रसाद भण्डारी, प्रेम बहादुर खत्रि नन्द प्रसाद जैसि, नरेश जंग अर्याल सूर्य बहादुर पौडेल तथा मनोनित सदस्यहरुमा सरिता थापा, शरद रेग्मि र मधु खनाल हुन् ।