कोहलपुर ।
बाँके साक्षर जिल्ला घोषणा भएको छ । शनिबार एक औपचारी कार्यक्रम गरी युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बाँकेलाई साक्षर जिल्ला घोषणा गरेका हुन् । साक्षर जिल्ला घोषणा भएकाहरु मध्ये ६१औ जिल्लामा पर्दछ भने लुम्बिनी प्रदेशमा भने ११ औं जिल्लामा पर्दछ ।


साक्षर जिल्ला घोषणा गर्दै मन्त्री ‘अथक’ ले जिल्लाको साक्षरता प्रतिशत ९६.५६ प्रतिशत रहेको भन्दै बाँके जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको बताए । उनले बाँके जिल्लालाई साक्षर बनाउँदा धेरै खुशी मिलेको भन्दै जिल्लालाई अझै पूर्ण साक्षर बनाउनमा लागि पर्ने बताए ।

युवा तथा खेलकुद मन्त्री (अथक)ले साक्षर जिल्ला घोषणा गर्दा निकै खुसी भएको भन्दै सबै पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष साथै शिक्षा शाखाका प्रमुखहरुलाई हार्दिक धन्यवाद दिए ।‘यति साक्षरले अझै पूर्ण साक्षर जिल्ला घोषणा गर्ने बाँकी छ, उनले भने, ‘३.४४ प्रतिशत साक्षर हुन बाँकी छन् ।’ त्यसैले सबैै पालिकाकाहरुलाई पूर्ण साक्षर बनाउन केही बजेट विनियोजन गरी पूर्ण साक्षर जिल्ला घोषणा गर्नु पर्नेमा जोड दिएका थिए ।
यस्तै शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख तथा सदस्य सचिव रामसुरेश यादवले ८ वटै पालिकाहरुको साक्षर मिति र साक्षरता प्रतिशतको बारेमा चर्चा गरेका थिए । उनका अनुसार कोहलपुर नगरपालिकामा २०७६ जेष्ठ ३१ गते ९६.४२ प्रतिशतमा पहिलो साक्षर नगरपालिका भएको थियो । जसले पुरस्कार स्वरुप ५० लाख रुपैया हात पारेको थियो ।

यस्तै खजुराले ९६.९९ प्रतिशत, जानकीले ९८.६७ प्रतिशत, राप्तीसोनारीले ९५.११ प्रतिशत, नरैनापुरले ९६.१९, बैजनाथले ९७.५ प्रतिशत, नेपालगञ्जले ९८.३९ प्रतिशत र डुडुवाले ९६.२५ प्रतिशतमा साक्षर पालिका घोषणा गरेको थियो । जसमा १२ वटा सूचकका आधारमा साक्षर पालिका घोषणा गरेका हुन् ।

सो कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका अध्यक्ष ज्ञानेन्द्र कुमार चौधरी, प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री, लुम्बिनी प्रदेश सांसद आइपी खरेल, नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश समितिका सचिव शिव सुनार, नेपाली काँग्रेसका जिल्ला सभापति नारायण गौडेल र विभिन्न पालिकाका शिक्षा शाखा प्रमुख लगायत उपस्थिति रहेको थियो ।








कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्